logo-img

सेयर परिसूचकमा झिनो गिरावट, कारोबार ५ अर्ब नाघ्यो

साताको पहिलो दिन सेयर बजार परिसूचकमा झिनो गिरावट हुँदा पनि कारोबार रकम भने बढेको छ । नेप्से ४.५९ अंकले घट्दै २०७३.१९ मा रहँदा १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ५ अर्ब १८ करोड ९० लाख रुपैयाँ छ । 

आइतबार २.९२ प्रतिशतले बढेको होटल तथा पर्यटन उपसमूहले परिसूचक थामेको छ । जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र अन्य समूह बढेको छ । व्यापार उपसमूहमा १.५४ प्रतिशतको गिरावट छ । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूह घटेका छन् ।

९७ कम्पनीको सेयरमूल्य बढ्दा इस्टर्न हाइड्रोपावर, शुभम् पावर, सिटी होटल र कुथेली बुखारी साना जलविद्युतको सेयर बढेर सर्किट लागेको छ । भगवती हाइड्रोपावर र सामलिङ पावरको सेयरमा पनि सर्किटस्तरको बढोत्तरी छ । 

एनआरएन इन्फ्रास्ट्रचरको सर्वाधिक ३२ करोड ३ लाखको सेयर कारोबार भएको छ । यस्तै सीइडीबी हाइड्रोपावरको २१ करोड १३ लाख, सिटी होटलको १३ करोड ९७ लाख, पोखरा फाइनान्सको १२ करोड ३८ लाख र हाथवे इन्भेस्टमेन्टको ११ करोड ७३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । 

१४७ कम्पनीको सेयर मूल्य घट्दा बढी नोक्सानमा बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ता छन् । उक्त जलविद्युत कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । पोखरा फाइनान्स, लक्ष्मी लघुवित्त, माईखोला हाइड्रोपावर, मध्य सोलु हाइड्रोपावरलगायतका सेयरमूल्य घटेका छन् ।   





  • प्रकाशित मिति : जेठ २७, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया