logo-img

विश्वासको मत नपाउँदै गण्डकीका मुख्यमन्त्रीले संसदमा पठाए नीति तथा कार्यक्रमकाे सूचना

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत नपाउँदै संसदमा नीति तथा कार्यक्रम पेस गर्ने सूचना पनि संसद् सचिवालयमा पठाएका छन् । उनले सोमबार दिउँसो ३ बजे प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन् । 

मंगलबार संसद‍्मा नीति तथा कार्यक्रम पेस गर्न मुख्यमन्त्रीले पत्र पठाएकाे संसद् सचिवालयले जनाएको छ । विश्वासको मतको टुंगो नलाग्दै नीति तथा कार्यक्रम पेस गर्ने सूचना पठाउनुले उनी विश्वासको मत पाउनेमा ढुक्क देखिएकाे बुझ्न सकिन्छ ।  

गण्डकीमा बहुमतका लागि ३१ सिट चाहिन्छ । अहिलेसम्म उनीसँग कांग्रेसकाे २७ सिट मात्रै सुरक्षित छ । पाण्डेलाई राप्रपाका दुई र स्वतन्त्र सांसद दीपक मनाङेले मत दिने सम्भावना छ ।  

उनलाई बहुमतका लागि अझै थप एक सिट अपुग देखिन्छ । त्यसका लागि माओवादीको चुनाव चिह्नबाट जितेका फणिन्द्र देवकोटाको सहयोग लिने कांग्रेसको योजना छ ।  





  • प्रकाशित मिति : जेठ २७, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया