logo-img

मोदीले लिए तेस्रोपटक भारतीय प्रधानमन्त्रीको शपथ

नरेन्द्र मोदीले तेस्रोपटक भारतीय प्रधानमन्त्रीको शपथ लिएका छन् । मोदीले राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्री मोदीसहित गठबन्धन सरकारका ७२ मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ दिलाउँदै छिन् । शपथ लिएकामध्ये ३० जना क्याबिनेट मन्त्री, ५ जना स्वतन्त्र प्रभार र ३६ राज्यमन्त्री रहेका छन् । विभागहरू पछि घोषणा गरिनेछ । 

प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा सहभागी हुन धेरै देशका सरकार प्रमुखहरु पनि भारत भारत आएका छन् । राष्ट्रपति मुर्मुको सरकारी निवासमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालसमेत सहभागी छन् ।

मोदीको शपथग्रहण समारोहमा श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे, माल्दिभ्सका राष्ट्रपति मोहमद मुइज्जु, पूर्वीअफ्रिकी मुलुक सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि मोदीको शपथग्रहण कार्यक्रममा सहभागी भएका छन्।

मौरिससका प्रधानमन्त्री प्रविन्दकुमार जगुनाथ र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेलाई पनि मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी छन्।

माल्दिभ्सका राष्ट्रपति मुइज्जु, भुटानका प्रधानमन्त्री तोब्गे र मौरिससका प्रधानमन्त्री जगुनाथ पनि शपथ ग्रहण कार्यक्रममा उपस्थित छन्।



शाहरूख खान, अक्षय कुमार, मुकेश अम्बानीको पनि उपस्थित छन्। भारतले ‘नेबरहुड फर्स्ट पोलिसी’ अर्थात् छिमेकीलाई प्राथमिकताको नीति राखेर छिमेकी मुलुकका प्रमुखलाई शपथग्रहण समारोहमा आमन्त्रण गरेको थियो।

संघको मन्त्रीको रूपमा राजनाथ सिंह, अमित शाह, नितिन गडकरी, जगत प्रकाश नड्डा, शिवराज सिंह चौहान, निर्मला सितारमण, एस जयशंकर, एचडी कुमार स्वामी, मनोहर लाल खट्टर, पियुष गोयल, धर्मेन्दर प्रधान जीतनराम माझी, राजिब रञ्जन सिंह, सर्बानन्द सोनोवाल, विरेन्द्र कुमार, लगायत ले शपथ ग्रहण गरेका छन्। 



  • प्रकाशित मिति : जेठ २७, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया