logo-img

ओलीको बोली : माओवादी ‘आतंक’ निस्तेज पार्न युथफोर्सको योगदान महत्त्वपूर्ण

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको भ्रातृसंगठन युथ फोर्सले विगतमा गरेको योगदानको प्रशंसा गरेका छन् । माओवादी शान्ति प्रक्रियामा आए पनि त्यसबेला उसमा युद्धको धङधङी बाँकी रहेको र युथफोर्सले त्यसलाई निस्तेज पारेको उनले दाबी गरे। 

आइतबार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा माओवादीको र उसको भ्रातृसंगठन वाइसिएलप्रति लक्षित गर्दै ओलीले उनीहरूको ‘आतंक’लाई युथ फोर्सले समाप्त पारेको बताए। 

माओवादी र वाइसिएलको नाम नलिई उनले भने, भोलेन्टियर सर्भिसकै रुपमा युथफोर्स बनायौँ। त्यसले एक समय असाधारण काम गर्यो। एउटा आतंकको साम्राज्य छाइरहेको बेला त्यस आतंकको साम्राज्यलाई, त्यसलाई समाप्त पार्यो। र, एउटा शान्ति स्थापनामा युथफोर्सको असाधारण योगदान रह्यो। महत्व रह्यो खास गरेर द्वन्द्व व्यवस्थापनका निमित्त।’

सैद्धान्तिक तवरले र मूलरुपमा हिंसा परित्याग गरिसकेको अवस्थामा पनि त्यसको धङधङी चर्को रुपमा बाँकी रहेको र निसश्त्र तथा निहत्था मान्छेमाथि आतंक भएको उल्लेख गर्दै उनले युथफोर्सले त्यसलाई निस्तेज पारेको दाबी गरेका हुन् । 

एमालेले हालै सम्पन्न गरेको राष्ट्रिय महिला भेलामा महिलाहरुलाई मात्रै भोलेन्टियर्सको रुपमा परिचालन गरेको थियो। उनीहरूको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै ओलीले पार्टीले महिला र पुरुष दुवैको भोलेन्टियर्स नेसनल नेटवर्क बनाएर काम गर्ने सोचलाई अघि बढाएको बताए।

उनले त्यसमा सहभागी हुनेले जंगी अनुशासनमा रहेर समाजलाई लयमा अघि बढाउन सहयोग गर्ने बताए।





  • प्रकाशित मिति : जेठ २७, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया