logo-img

टी–२० विश्वकप : भारत र पाकिस्तान कसले मार्ला बाजी ?
तस्बिर : आइसिसी

टी–२० विश्वकप क्रिकेटअन्तर्गत आइतबार भारत र पाकिस्तानबीच्को खेल सुरु भएको छ । नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण ढिला गरी सुरु भएको हो । 

अमेरिकाको न्युयोर्कस्थित नासाऊ काउन्टी अन्तरराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पाकिस्तानले पहिले फिल्डिङ रोजेको छ । 

सुरुवाती ब्याटिङ पाएको भारत खेल जित्नका लागि दबाबमा छ । पहिलो खेलमा अमेरिकासँग पराजित भएको पाकिस्तानलाई पनि सुपर ८ को सम्भावना जीवितै राख्न खेल जित्नैपर्ने दबाब छ।

पाकिस्तान र भारतको खेल हेर्न समर्थकहरुले एउटा टिकटका लागि ४० हजार रुपैयाँभन्दा बढी खर्च गरेका छन्। महँगो मूल्यमा टिकट किनेर दर्शकहरू रंगशालामा खचाखच छन् । 

यसअघि आजैको पहिलो खेलमा वेस्ट इण्डिजले युगान्डालाई १३४ रनको विशाल अन्तरले पराजित गरेको छ। वेष्ट इण्डिजले दिएको १७४ रनको लक्ष्य पछ्याएको युगान्डा ३९ रनमा अलआउट भएको थियो।





  • प्रकाशित मिति : जेठ २७, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया