logo-img

राखेपको पौडी पोखरीमा डुबेर एक युवकको ज्यान गयो

ललितपुरको सातदोबाटोमा रहेको पौडी पोखरीमा डुबेर एक युवकको ज्यान गएको छ । 

राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा पौडी खेल्ने क्रममा अचेत भएका २३ वर्षीय उज्ज्वल श्रेष्ठको मृत्यु भएको हो । 

पोखरीमा डुबेर अचेत भएका उनलाई उपचारका लागि बी एण्ड बी अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । 

ललितपुरको महांकाल गाउँपालिका–३ का स्थानीय श्रेष्ठ हाल ललितपुरको बाफलमा बस्दै आएका थिए ।





  • प्रकाशित मिति : जेठ २७, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया