logo-img

को-को भए मोदीका क्याबिनेट मन्त्री ?
अधिकांश पुरानै अनुहार

लगातार तेस्रोपटक भारतको प्रधानमन्त्री बनेका नरेन्द्र मोदीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार राष्ट्रपति भवनमा भएको भव्य शपथ समारोहलगत्तै उनले ७२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्  ।

७२ सदस्यीय मन्त्रिपरिषदमा ३१ क्याबिनेट मन्त्री छन् भने ५ जना स्वतन्त्र प्रभाव र ३६ राज्यमन्त्री छन् । मोदी मन्त्रिपरिषद्‍मा अधिकांश पुरानै अनुहार छन् । नौजना भने नयाँ अनुहार आएका छन् । 

भारतीय जनता पार्टी (भाजपा)का तर्फबाट मोदीको अघिल्लो कार्यकालका मन्त्रीहरुलाई नै दोहोर्याएका छन् । यसअघिका रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह, रोड तथा होइवे मन्त्री नितिन गडकरी, अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस जयशंकर पुनः मन्त्री बनेका छन् । 

भाजपा अध्यक्ष जेपी नाड्डा पनि मन्त्री बनेका छन् । उनीहरु कसैको पनि मन्त्रालय भने तोकिएको छैन ।

यी हुन् मोदीका क्याबिनेटमन्त्री 

राजनाथ सिंह



अमित शाह

नितिन गडकरी



जेपी नाड्डा

शिवराज सिंह चौहान

निर्मला सीतारमण

एस जयशंकर

मनोहर लाल खट्टर

एसडी कुमारस्वामी

पियुष गोयल

धर्मेन्द्र प्रधान

जीतनराम माझी

राजीव रञ्जन सिंह उर्फ ललन सिंह

सर्बानन्द सोनोवाल

वीरेन्द्रकुमार

राममोहन नाडयू

प्रह्लाद जोशी

जुएल उरांव

गिरिराज सिंह

अश्विनी वैष्णव

ज्योतिरादित्व सिन्धिया

भूपेन्द्र यादव

गजेन्द्र सिंह शेखावत

अन्नपूर्णा देवी

किरेन रिजिजू

हरदीप सिंह पुरी

खनसुख मान्डविया

जी किशन रेड्डी

चिराग पासवान

एसआर पाटिल

  • प्रकाशित मिति : जेठ २७, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया