logo-img

आइसिसी टी-२० : भारतले १५ ओभरमा सात विकेट गुमायो

आइसिसी ट्वान्टी–२० विश्वकपमा भारतले पाकिस्तानविरुद्ध १५ ओभरमा सात विकेट गुमाएर ९७ रन बनाएको छ । आइतबार न्यूयोर्कमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले १४.१ र १४.२ ओभरमा लगातार विकेट गुमाएको हो । 

भारतविरुद्ध पाकिस्तानका मोहम्मद आमिरले दुई बलमा दुई विकेट लिएका छन् । आमिरले ४२ रनमा खेलिरहेका ऋषभ पन्तलाई कप्तान बाबर आजमबाट र त्यसपछि ब्याटिङमा आएका रविन्द्र जडेजालाई गोल्डेन डक बनाए ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । पहिलो खेलमा आयरल्यान्डविरुद्ध आठ विकेटको सहज जित निकालेको भारत लगातार दोस्रो जितको लक्ष्यमा छ ।

यसअघि पहिलो खेलमा सह–आयोजक अमेरिकाविरुद्ध सुपर ओभरमा अप्रत्याशित हार बेहोरेको पाकिस्तान आज पहिलो जितको खोजीमा छ । पहिलो खेलमा हार बेहोरेका कारण प्रतियोगिताको सुपर–८ पुग्ने सम्भावना बलियो बनाउन पाकिस्तान आज जितको दबाबमा छ ।

भारत दुई अंकसहित तालिकाको दोस्रो र अंकविहीन पाकिस्तान तालिकाको चौथो स्थानमा छ । 





  • प्रकाशित मिति : जेठ २७, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया