logo-img

टी–२० विश्वकप : पाकिस्तानसामु भारतको १ सय २० रनको लक्ष्य प्रस्तुत

टी–२० विश्वकपअन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा भारतले पाकिस्तानलाई जितका लागि १ सय २० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। टी–२० विश्वकपमा भारतको यो सर्वाधिक कम स्कोर समेत हो।

न्युयोर्क स्थित नासाउ काउन्ट्री अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारत अन्तिम ओभर बाँकी हूँदा १ सय १९ रनमा अलआउट भयो। 

टस हारेर पहिले ब्याटिङ गरेको भारतका लागि ऋषभ पन्तले सर्वाधिक ४२ रन बनाउँदा अक्षर पटेलले २० रन बनाए। त्यस्तै, रोहित शर्माले १३ रन बनाउँदा अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन्।

पाकिस्तानका नसिम साह र हरिस रउफले ३–३ विकेट लिए। साहले ४ ओभर बलिङ गर्दै २१ रन दिएर ३ विकेट लिँदा ३ ओभर बलिङ गरेका रउफले पनि २१ रन खर्चिएर ३ विकेट लिएका थिए। त्यस्तै मोहम्मद अमीरले २ विकेट हात पार्दा सहिन साह अफ्रिदीले १ विकेट लिए।





  • प्रकाशित मिति : जेठ २७, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया