logo-img

सन्दीपले वेस्ट इण्डिजमा हुने विश्वकप खेल खेल्ने

नेपाली स्टार लेगस्पिनर सन्दीप लामिछानेले जारी नवौँ संस्करणको टी–२० विश्वकपको वेस्ट इण्डिजमा हुने बाँकी खेल खेल्ने भएका छन् । 

क्यानले सन्दीपले विश्वकपको बाँकी खेल खेल्ने भएसँगै युवा बलर प्रतिश जिसी रिजर्भ प्लेयरको सूचीमा राखेको कुरा पनि विज्ञप्तिमार्फत जनाएको छ । यसअघि अमेरिकी दूतावासले भिसा नदिँदा सन्दीप अमेरिका जान पाएका थिएनन् ।

सोही कारण उनले गत मंगलबार नेदरल्याण्ड्सँग भएको खेल पनि गुमाए । यस्तै, सन्दीपले आउँदो बुधबार हुने श्रीलंकासँगको खेल पनि गुमाउनेछन् ।

यद्यपि उनले १५ र १७ जुनमा क्यारेबियन देश सेन्ट भिन्सेन्टमा हुने विश्वकप म्याच भने खेल्न पाउने बताइएको छ । वेस्ट इन्डिजमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका दुई खेल खेल्नेछ ।

‘सन्दीप लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेका तर उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेश विरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने जानकारी गराउन चाहन्छौं,’ क्यानका सचिव पारस खड्काले विज्ञप्तिमार्फत् भनेका छन् ।

अदालतको फैसलापछि पनि सन्दीपलाई क्यानले स्क्वाडमा समावेश नगरेकोमा क्यानको चौतर्फी विरोध भइरहेको छ । तर, क्यानले सन्दीपको भिसासँग सम्बन्धित क्यानप्रति लक्षित नकारात्मक वक्तव्यबाजी सत्य नरहेको दाबी गरेको छ । 





  • प्रकाशित मिति : जेठ २८, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया