logo-img

आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना
फाइल तस्बिर

आज काठमाडौं उपत्यकासहित कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ । जसकारण आज बिहान कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली भई कोशीका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । 

आज दिउँसो कोशी प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशको थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ । 

बेलुका कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।  





  • प्रकाशित मिति : जेठ २८, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया