बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले प्रेमी जाहिर इक्बालसँग यही जुन २३ मा मुम्बईमा विवाह गर्ने भएकी छन् । उनीहरूले सार्वजनिक रुपमा एकअर्काको प्रेम नस्वीकारे पनि उनीहरूले जुन २३ मा विवाह गर्ने निर्णय लिएका हुन् ।
अहिले चर्चामा रहेको सिरिज ‘हीरामण्डीः द डायमण्ड बाजार’ अभिनेत्री सोनाक्षीले आफ्नो निकट साथीभाई तथा परिवार र आफन्तलाई विवाहमा आउनका लागि निम्तो दिइसकेकी छन् ।
उनीहरूको विवाह मुम्बईको बास्टियनमा हुनेछ ।
सोनाक्षी र जाहिर दुई वर्षदेखि प्रेममा छन् । हालैमात्र सोनाक्षीको जन्मदिनमा जाहिरले सामाजिक सञ्जालमा सोनाक्षी र आफ्नो तस्वीर राख्दै जन्मदिनको शुभकामना दिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।