logo-img

बेल्जियमका प्रधानमन्त्रीले दिए राजीनामा

बेल्जियमका प्रधानमन्त्री अलेक्ज्यान्डर डे क्रुले आइतबार सम्पन्न राष्ट्रिय र युरोपेली संसदीय चुनावमा आफ्नो पार्टीको हारपछि राजीनामा दिएका छन् । आरटीबीएफको मतदानलाई उद्धृत गर्दै सिएनएनले डि क्रूको ‘ओपन भिएलडी’ पार्टीले युरोपेली संसदमा ५.८ प्रतिशत मत प्राप्त गरेको र यो राम्रो प्रदर्शन नभएको जनाएको छ । 

आरटीबिएफको सर्वेक्षणले अति दक्षिणपन्थी ‘भ्लामस बेलाङ पार्टी’ र ‘फ्लेमिश नेशनलिस्ट (एनभिए० पार्टीले क्रमशः १४.८ प्रतिशत र १४.२ प्रतिशत मतका लागि बराबरी रहेको देखाएको छ ।

राजीनामाको घोषणा गर्दै डी क्रूले बेल्जियमलाई आफ्नो कार्य लिन सक्ने पूर्ण शक्तिको नयाँ सरकार चाहिने विश्वासलाई जोड दिँदै आफ्नो उत्तराधिकारीलाई शक्तिको ‘उचित हस्तान्तरण’ गर्ने प्रतिवद्धता जनाए । 

सिएनएनका अनुसार युरोपेली सङ्घका २७ सदस्य राष्ट्रहरूमा मतदान हाललाई बन्द भएको छ भने अन्तिम मतदान इटालीमा भएको थियो । युरोपेली सङ्घको चुनावले विश्वको दोस्रो ठूलो लोकतान्त्रिक अभ्यासको प्रतिनिधित्व गर्दछ, जुन परिमाणको हिसाबले भारतको चुनावभन्दा पछाडि छ । 

युरोपेली सङ्घमा लगभग ४० करोड मतदाताले आर्कटिक सर्कलदेखि अफ्रिका र एसियाको सिमानासम्म फैलिएको युरोपेली संसदका ७२० सदस्यहरू चयन गर्नेछन् । 

यी चुनावको नतिजाले जलवायु परिवर्तन, रक्षादेखि आप्रवासन र चीन र संयुक्त राज्य अमेरिकाजस्ता प्रमुख वेश्विक राजनीतिक खेलाडीसँग अन्तर्राष्ट्रिय सम्बन्धसम्मका विश्वव्यापी मुद्दामा नीति निर्धारण गर्नेछ ।



सन् २०१९ को पछिल्लो युरोपेली चुनावदेखि भूराजनीतिक गतिशीलता उल्लेखनीय रूपमा परिवर्तन भएको छ । रुसले युक्रेनमा गरेको आक्रमणले युरोपेली सङ्घको किनारमा द्वन्द्व ल्याएको छ, जसले यस क्षेत्रमा शान्ति र स्थिरता कायम गर्न सङ्घको भूमिकालाई जोड दिएको छ ।

युरोपेली सङ्घमा सामेल हुन चाहने युक्रेनले भू–राजनीतिक जटिलतालाई थप जोड दिन्छ ।



  • प्रकाशित मिति : जेठ २८, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया