logo-img

अभिनेत्री नूर मालाबिका मृत भेटिइन

वेब सिरिज ‘द ट्रायल’की अभिनेत्री नूर मालाबिका दास मृत फेला परेकी छन् । कतार एयरवेजको पूर्व एयर होस्टेससमेत रहेकी उनी मुम्बईको लोखण्डवालास्थित आफ्नै फ्ल्याट मृत भेटिएकी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको शव बेडरुमको पंखामा झुण्डिएको अवस्थामा फेला परेको हो । नूरका छिमेकीले उनको फ्ल्याटबाट दुर्गन्ध आइरहेको खबर प्रहरीलाई दिएका थिए । त्यसपछि पुगेको ओशिवारा प्रहरीले फ्ल्याटको ढोका फोरेर भित्र पस्दा शव सडेगलेको अवस्थामा भेटिएको थियो । नूरको परिवारका सदस्य मुम्बईमा छैनन् ।

प्रहरीले मालाबिकाले आत्महत्या गरेको ठहर गर्दै के कारणले भन्ने खोजी भइरहेको बताएको छ । नूरको परिवारलाई शव लिन आउन भने पनि कोही सम्पर्कमा नआएपछि बेवारिसे शवको दाहसंस्कार गर्ने संस्थाको सहयोगमा उनको अन्त्येष्टि गरिएको छ ।

३२ वर्षीया नूर भारत असमकी हुन् । उनले हिन्दी फिल्मसँगै वेब सिरिजमा पनि काम गरेकी छन् । उनले ‘वाकमेन’, ‘तिखी चटनी’, ‘जघन्या उपाय’, ‘चरमसुख’, ‘देखी अनदेखी’ र ‘बेकरोड हलचल’ जस्ता सिरिज र फिल्ममा काम गरेकी छन् । 





  • प्रकाशित मिति : जेठ २८, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया