logo-img

सुदूरपश्चिमकाे मन्त्रिपरिषद् विस्तार, पाँच विनाविभागीयसहित आठ मन्त्री थपिए

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । भागबण्डाको किचलोका बीच उनले सोमबार ५ जना विनाविभागीयसहित ८ मन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री सोडारीले एमालेबाट तीनजना, माओवादी केन्द्रका तीनजना, एकजना एकीकृत समाजवादीका र एकजना स्वतन्त्र सांसद गरी थप आठजना मन्त्री नियुक्त गरेका हुन् । 

एमालेका सुरेन्द्रबहादुर पाल आर्थिक मामिला, माओवादी केन्द्रका ओमविक्रम भाट सामाजिक विकास र स्वतन्त्र सांसद ताराप्रसाद जोशी उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा नियुक्त भएका छन् ।

एमालेका वीरबहादुर थापा र हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल र लक्ष्मी विक, एकीकृत समाजवादीका माया पन्तलाई विनाविभागीय मन्त्री नियुक्त गरिएको छ । यससँगै सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् मुख्यमन्त्रीसहित ११ सदस्यीय भएको छ । 

यसअघि नागरिक उन्मुक्ति पार्टीका दुईजना मन्त्री छन् । सोमबार नै नवनियुक्त मन्त्रीहरुको शपथको कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापा यसअघि नै मन्त्री भएका हुन् ।
 





  • प्रकाशित मिति : जेठ २८, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया