logo-img

समाचारमा आएपछि आइएसएमटीले फेसबुक पेजबाट हटायो एमबिए कार्यक्रम

काठमाडौंको तीनकुनेमा रहेको इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी (आइएसएमटी) कलेजले आफ्नो फेसबुक पेजबाट मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसन (एमबिए) कार्यक्रम हटाएको छ । कलेजले स्वीकृति नै नपाएको मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसन (एमबिए) कार्यक्रममा विद्यार्थी भर्ना गरिरहेको तथ्य फेला पारेपछि उक्त विषयमा प्रमाणसहित समाचार प्रकाशन गरेको थियो ।

आइएसएमटी काठमाडौंले एमबिए कार्यक्रम सञ्चालन गरिरहेको तथ्यलाई पुष्टि गर्न फरकधारले कलेजको फेसबुक पेजलाई पनि एउटा आधार बनाएको थियो ।
आइएसएमटी काठमाडौंले आफ्नो फेसबुक पेजको इन्ट्रडक्सन (इन्ट्रो)मा ‘एमबिए’सहित अन्य पाँचवटा कार्यक्रम राखेको थियो । उक्त पेजबाट अहिले कलेजले एमबिए कार्यक्रमलाई भने हटाएको छ ।

एमबिए कार्यक्रम राखिएको फेसबुक पेज

फरकधारले ‘आइएसएमटी कलेजको बदमासी : सञ्चालन अनुमति नै नपाएको एमबीए कार्यक्रममा विद्यार्थी भर्ना’ शीर्षकमा समाचार प्रकाशन गर्दा आइएसएमटी काठमाडौंले एमबिए कार्यक्रम सञ्चालन गरिरहेको छ भन्ने एउटा बलियो प्रमाणका रूपमा कलेजको आफ्नो फेसबुक पेजमा राखेको ‘एमबिए’ कार्यक्रमलाई पनि बनाइएको थियो ।

यदि कलेज उक्त कुरामा सही थियो र एमबिए कार्यक्रम सञ्चालन गर्ने अनुमति लिएको थियो भने फरकधारले समाचार प्रकाशन गरेपछि कलेजले उक्त कार्यक्रम किन हटायो ? 

एमबिए कार्यक्रम हटाइएको फेसबुक पेज



अहिले एमबिए कार्यक्रम हटाउनुले यसअघि उसले राखेको सूचना गलत थियो भन्ने पुष्टि हुन्छ । यस्तो गम्भीर विषयमा शिक्षा मन्त्रालयको किन ध्यान गएको छैन ? 

कलेजको उक्त पेजलाई करिब साढे तीन लाखजनाले पछ्याएका छन् । कलेजले यसरी आफूखुसी कुनै कार्यक्रम राख्न वा हटाउन पाउँछन् ? सर्वसाधारणले कुनै पनि संस्थाको आधिकारिक फेसबुक पेजलाई आधार बनाएर सो संस्थाबारे जानकारी लिइरहेका हुन्छन् ।
 
आइएसएमटीले एउटै कार्यक्रम कहिले फेसबुक पेजमा राख्ने कहिले हटाउनुले कलेजको बदमासीलाई पुष्टि गर्छ । कलेजले सो कार्यक्रम साँच्चै हटाएको हो कि फेसबुकबाट मात्र हटाएको भन्ने विषयमा सरोकारवाला मन्त्रालयले आवश्यक अनुसन्धान गर्न जरुरी छ ।  



याे पनि...

 शिक्षाको नाममा व्यापारः आइएसएमटीका विराटनगर, पाेखरा र चितवनका कलेज गैरकानुनी

आइएसएमटी कलेजमा विद्यार्थीले मागे हर्टफोर्डसायरको सम्बन्धन पत्र, प्रशासनले दिन सकेन

आइएसएमटीका पोखरा र चितवन शाखालाई शिक्षा मन्त्रालयले नै दिएको छैन स्वीकृति

विद्यार्थीलाई अन्योल र भ्रममा राख्दै, गलत सूचना दिएर शिक्षाको व्यापार गर्दैछ आइएसएमटी कलेज

  • प्रकाशित मिति : जेठ २८, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया