logo-img

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

गण्डकी प्रदेश सरकार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । गण्डकी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव सभाले बहुमतले पारित गरेको हो । 

मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ र विपक्षमा २८ मत परेको छ । पक्षमा नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई, स्वतन्त्र प्रदेशसभा सदस्य एक र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य फणिन्द्र देवकोटाको मत परेको जनाइएको छ ।

विश्वासको मतका पक्षमा देवकोटाले फ्लोर क्रस गरेपछि प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रका प्रदेश सभा सदस्यले नाराबाजी गरेका थिए ।  





  • प्रकाशित मिति : जेठ २८, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया