logo-img

एस जयशंकर पुनः विदेशमन्त्री, कुन मन्त्रालय कसले पाए ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एस जयशंकरलाई पुनः विदेशमन्त्रीमा नियुक्त गरेका छन् । तेस्रो कार्यकालका लागि आइतबार शपथ लिएका मोदीले जयशंकरलाई विदेशमन्त्रीमा निरन्तरता दिएका हुन् ।

मोदीले आइतबार ७२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । सोमबार उनले मन्त्रीहरूको जिम्मेवारी तोकेका हुन् । जसमा अधिकांश्लाई पुरानै मन्त्रीमा निरन्तरता दिइएको छ । 

राजनाथ सिंहलाई रक्षा, अमित शाहलाई गृह, नितिन गडकरीलाई रोड ट्रान्सपोर्ट तथा हाइवे र निर्मला सीतारमणलाई अर्थ मन्त्रालयकै जिम्मेवारी दिइएको छ ।

जेपी नड्डा स्वास्थ्य, शिवराज चौहान कृषिमन्त्री बन्दा सिआर पाटिल जलशक्ति मन्त्री बनेका छन् ।





  • प्रकाशित मिति : जेठ २८, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया