logo-img

मोदीलाई पाकिस्तानी प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले बधाई दिएका छन् । लगातार तेस्रो कार्यकालका लागि शपथ लिएका मोदीलाई उनले नयाँ कार्यकालको सफलताका लागि शुभकामना दिएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री सरिफले सामाजिक सञ्जाल एक्समार्फत् विजयको लागि बधाई तथा नयाँ कार्यकालको सफलताको लागि शुभकामना दिएका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानको प्रधानमन्त्रीको रूपमा फेब्रुअरीमा दोस्रोपटक शपथ लिएपछि शाहबाज सरिफलाई बधाई दिएका थिए । 

शाहबाजले बधाईका लागि प्रधानमन्त्री मोदीलाई  धन्यवाद दिएका थिए । शाहबाज सरिफ पाकिस्तानको २४औँ प्रधानमन्त्री हुन् । 

मोदीको शपथ समारोहमा नेपाल, बंगलादेशलगायत छिमेकी राष्ट्रका प्रधानमन्त्री सहभागी भएका थिए । पाकिस्तानी प्रधानमन्त्री भने उक्त समारोहमा उपस्थित थिएनन् । 





  • प्रकाशित मिति : जेठ २८, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया