आइसिसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशलाई एक सय १४ रनको लक्ष्य दिएको छ ।
सोमबार न्यूयोर्क स्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय १३ रन बनाएको हो ।
उसका लागि हेनरिक क्लासेनले सर्वाधिक ४६ रन बनाए । ४४ बलको सामना गरेका उनले दुई चौका र तीन छक्का प्रहार गरे । त्यस्तै डेविड मिलरले २९, क्विन्टन डि ककले १८ रन बनाए ।
बंगलादेशका तान्जिन हसन साकिबले तीन विकेट लिए । ताक्षिक अहमेदले दुई र रिसाद हुसैनले एक विकेट लिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।