logo-img

विश्वकपमा दक्षिण अफ्रिकाको ‘ह्याट्रिक’ जित, बंगलादेश चार रनले स्तब्ध

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले लगातार तेस्रो जित निकालेको छ ।

गएराति सम्पन्न खेलमा बंगलादेशलाई चार रनले हराउँदै दक्षिण अफ्रिकाले ‘ह्याट्रिक’ निकालेको हो । उसले पहिलो र दोस्रो खेलमा क्रमशः श्रीलंका र नेदरल्याण्ड्सलाई हराएको थियो ।

यो जितपछि दक्षिण अफ्रिकाको सुपर एट यात्रा लगभग सुरक्षित भएको छ । बंगलादेशले भने पहिलो हार बेहोर्‍यो । उसले पहिलो खेलमा श्रीलंकालाई २ विकेटले हराएको थियो ।

दोस्रो खेलमा दक्षिण अफ्रिकाले दिएको ११४ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९ रन मात्र बनाउन सक्यो । उसका लागि तौहिद हृदयले ३४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३७ रन बनाए ।

यस्तै, महमदुल्लाहले २० र कप्तान नज्मुल हसन शान्तोले १४ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । दक्षिण अफ्रिकाका लागि केशव महाराजले तीन, कागिसो रबाडा र एनरिक नोर्टजे दुई/दुई विकेट लिए ।

त्यसअघि न्यूयोर्कस्थित नासाउ काउन्टी स्टेडियममा टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १३ रन बनायो ।



उसका लागि हेनरिक क्लासेनले ४४ बलमा दुई चौका र तीन छक्कासहित सर्वाधिक ४६ रन बनाए । यस्तै, डेविड मिलरले २९ र क्विन्टन डीककले १८ रनको योगदान दिए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्  

बंगलादेशका लागि तन्जिम हसन साकिबले तीन, तास्किन अहमदले दुई र रिशाद होसेनले एक विकेट लिए । यो जितपछि समूह ‘डी’ मा रहेको दक्षिण अफ्रिकाको तीन खेलबाट सर्वाधिक ६ अंक जोडेको छ ।



ऊ अहिले तालिकाको शीर्ष स्थानमा छ । यस्तै, दुई/दुई अंक जोडेका बंगलादेश र नेदरल्याण्ड्स क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । अंकविहीन नेपाल र श्रीलंका क्रमशः तेस्रो र चौथो स्थानमा छन् । नेपालले जारी विश्वकपमा दोस्रो खेल बुधबार बिहान श्रीलंकासँग खेल्ने तालिका छ ।     

  • प्रकाशित मिति : जेठ २९, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया