logo-img

सुपर एटको सम्भावना जीवित राख्न क्यानडाविरुद्ध जित्नैपर्ने दबाबमा पाकिस्तान

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटमा आज पाकिस्तान र क्यानडा खेल्दै छन् । समूह ‘ए’ अन्तर्गत हुने यी दुई टिमबीचको खेल राति सवा ८ बजेदेखि अमेरिकाको न्यूयोर्कस्थित नासाउ काउन्टी क्रिकेट स्टेडियममा सुरु हुनेछ ।  

जारी विश्वकपमा पाकिस्तान पहिलो जितको खोजीमा छ । ऊ पहिलो खेलमा आयोजक अमेरिकासँग सुपर ओभरमा स्तब्ध भयो । पाकिस्तान पहिलोपटक अमेरिकासँग पराजित भएको हो । 

यस्तै, उसले दोस्रो खेलमा भारतसँग ६ रनको हार बेहोर्‍यो । अंकविहीन पाकिस्तान अहिले चौथो स्थानमा छ । सुपर एट अर्थात् दोस्रो चरण सम्भावना जीवित राख्न उसलाई आजको खेल जित्नैपर्ने दबाब छ, अन्यथा पाकिस्तान एक खेलअगावै सुपर एट दौडबाट बाहिरिनेछ । 

यस्तै, क्यानडा पनि दोस्रो जित निकालेर सुपर एट सम्भावना जीवित राख्न चाहन्छ । उसले पहिलो खेलमा अमेरिकासँग सात विकेटको पराजय बेहोर्‍यो । तर, दोस्रो खेलमा क्यानडाले टेस्ट टिम आयरल्याण्डलाई १२ रनले स्तब्ध बनायो । 

ऊ अब पाकिस्तानविरुद्ध पनि जित निकाल्दै इतिहास रच्न चाहन्छ । हालसम्म क्यानडाले पाकिस्तानसँग एक टी–२० आईमा प्रतिस्पर्धा गरेको छ । सन् २००८ मा भएको उक्त खेलमा पाकिस्तानसँग क्यानडा ३५ रनले पराजित भएको थियो । 

जारी विश्वकपमा समूह ‘डी’ मा रहेको नेपालले दोस्रो खेल बुधबार बिहान श्रीलंकासँग खेल्ने तालिका छ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटको पराजय बेहोरेको थियो । श्रीलंका पहिलो जितको खोजीमा छ ।  





  • प्रकाशित मिति : जेठ २९, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया