logo-img

अमरेशकुमार सिंहको प्रस्ताव : विद्यालय व्यवस्थापन समिति खारेज गरौँ

सांसद अमरेशकुमार सिंहले सामुदायिक विद्यालयमा रहेका व्यवस्थापन समितिले शिक्षाको गुणस्तरमा केही योगदान नगरेको भन्दै खारेज गर्न माग गरेका छन् ।

मंगलबार विनियोजन शीर्षकमा चारवटा मन्त्रालयमा खर्चको प्रस्ताव दर्ता गराउँदै सांसद सिंहले विद्यालय व्यवस्थापन समितिका कारण राजनीतिक दल र नेतालाई मात्र फाइदा पुगेको तर शिक्षा क्षेत्रमा विकास गर्न नसकेको भन्दै खारेज गर्न माग गरेका हुन् । 

‘सामुदायिक विद्यालयहरूमा रहेको विद्यालय व्यवस्थापन समितिहरूले शिक्षा क्षेत्रलाई ध्वस्त गरेको छ । यसले कुनै पार्टी, कुनै राजनीतिक दललाई फाइदा भएको होला । तर, देशको शिक्षालाई फाइदा भएन,’ सांसद सिंहले भने, ‘धेरै विद्यालय र सीटीईभीटीका नाममा अलपत्र छ । नमूना विद्यालय र प्राविधिक शिक्षाका आयोजना अलपत्र छन् । शिक्षा क्षेत्रमा यति ठूलो बजेट विनियोजन गरिन्छ ।’

त्यस्तै, उनले सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थीको अनुपात समेत नमिलेको बताए । तराईमा १ सयजना विद्यार्थीका लागि एकजना शिक्षकको दरबन्दी र पहाडमा ४० जना विद्यार्थीका लागि पनि एक दरबन्दी रहेको भन्दै दरबन्दी कसले मिलाउने भन्दै प्रश्न गरेका छन् ।   
 





  • प्रकाशित मिति : जेठ २९, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया