logo-img

'ह्रस्व दीर्घ’ लुक्समा यस्ती देखिइन् नीता

नायिका नीता ढुंगानाको मुख्य भुमिका रहेको फिल्म ‘ह्रस्व दीर्घ’बाट उनको पहिलो लुक्स सार्वजनिक भएको छ ।

लुक्समा नीतालाई हातमा बज्र लिएर उभिएको देख्न सकिन्छ भने दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दम, अली र नेपाली कलाकार किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा र आदर्श मिश्रलाई आआफ्नो चरित्रमा देखाइएको छ ।

असोज ३ गतेबाट रिलिज हुने फिल्ममा चन्द्र पन्तको निर्देशन छ । फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, बुद्धि तामाङ, किरण केसी, रवीन्द्र झा, ब्रह्मानन्दम, अलि, प्रदीप रावत र कबीर दुहान सिंहको मुख्य भूमिका छ ।

हरिहर अधिकारीको कथा लेखन रहेको फिल्ममा भारतीय छायांकार कवीरलालको छायाकन छ । उनले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’ जस्ता दर्जनौं बलिउड फिल्म खिचेका छन् ।

फिल्मको नेपाल र भारतमा गरी तीन चरणमा छायांकन गरिएको थियो । फिल्ममा मित्र डी गुरुङको सम्पादन तथा रामजी लामिछाने र बलिउडकी शुष्मा सुमनको कोरियोग्राफी रहेको छ ।





  • प्रकाशित मिति : जेठ २९, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया