logo-img

साेनाक्षीको बिहेबारे पिता अनभिज्ञ, शत्रुघ्न भन्छन्- अवैध निर्णय लिने छैन भन्ने विश्वास छ

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाकाे विवाहको विषयमा उनका पिता, अभिनेता तथा राजनीतिज्ञ शत्रुघ्न सिन्हाले छोरीको बिहेबारे आफूलाई कुनै जानकारी नभएको उनले बताएका छन् । 

मिडिया रिपोर्टहरूले साेनाक्षीले चाँडै नै आफ्नो लामो समयका प्रेमी जहिर इकबालसँग विवाह गर्न लागेकाे भनेर खबर दिइरहेका छन्, त्याे पनि मिति नै ताेकेर । मिडिया रिपोर्टहरूमा साेनाक्षीले जहिरसँग २३ जुनमा मुम्बईमा विवाह बन्धनमा बाँधिने तयारी गरेकाे दाबी गरिरहेका छन् । 

उनका पिता शत्रुघन सिन्हाले भने हालै एक कुराकानीमा आफ्नी छोरी सोनाक्षीको विवाहको बारेमा आफूलाई कुनै जानकारी नभएको बताएका थिए । उनीहरुलाई पनि मिडियाबाट सुनेको जति थाहा छ । अभिनेताले भने, ‘मैले मिडियामा जति पढेको छु, सोनाक्षीले यसबारे कहिले बताउँछिन् भन्ने मलाई पनि थाहा छ । हामी सधैँ उनीहरूको खुसीको कामना गर्दछौँ। 

विवाहकाे खबरलाई लिएर साेनाक्षी चर्चामा छिन् । तर, उनले यी खबरकाे पुष्टि गरेकी छैनन्। छोरीको निर्णयमा आफूलाई पूर्ण विश्वास रहेको बताउँदै भावुक लयमा शत्रुघ्नले भने, ‘हामीलाई सोनाक्षीमा पूर्ण विश्वास छ । उसले कहिल्यै कुनै अवैध वा गलत निर्णय लिने छैन । उनी वयस्क छिन्, उनीसँग आफ्नै निर्णयहरू लिने अधिकार छ ।’

मिडिया रिपोर्टका अनुसार दुवै अब आफ्नो सम्बन्धलाई अर्को तहमा लैजान तयार छन्। सोनाक्षी सिन्हा र जहिर इकबाल लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका छन् । 





  • प्रकाशित मिति : जेठ २९, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया