logo-img

साउनदेखि राष्ट्रिय परिचयपत्रले समेत ड्राइभिङ लाइसेन्सको काम गर्ने

यातायात व्यवस्था विभागले ड्राइभिङ लाइसेन्सको विवरणलाई राष्ट्रिय परिचयपत्रमा समावेश गरी कार्यान्वयनमा ल्याउने गरी यातायात व्यवस्था विभागले काम गरिरहेको छ । आगामी साउनदेखि राष्ट्रिय परिचयपत्रले समेत ड्राइभिङ लाइसेन्स काम गर्ने भएको छ । 

साउनदेखि ड्राइभिङ लाइसेन्स लिएकाले राष्ट्रिय परिचयपत्र देखाए पुग्नेछ । पछिल्लो समय सबै सरकारी सेवा सुविधाहरूलाई राष्ट्रिय परिचयपत्रसँग जोड्ने अभियानमा सरकार अगाडि बढेको छ । राष्ट्रिय परिचयपत्र भएपछि अन्य कुनै पनि परिचयपत्र आवश्यक नपर्ने गरी यसको सुरुवात गरेको थियो । 

त्यसैअनुसार ड्राइभिङ लाइसेन्सको विवरणलाई राष्ट्रिय परिचयपत्रमा समावेश गर्ने काम अगाडि बढेको हो । यस बाहेक आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता र पेन्सनको नवीकरण बायोमेट्रिक भेरिफिकेसनमार्फत गर्ने प्रणाली पनि लागू हुँदै छ । 





  • प्रकाशित मिति : जेठ २९, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया