logo-img

विमान दुर्घटनामा मालावीका उपराष्ट्रपतिसहित १० जनाकाे निधन

मालावीका उपराष्ट्रपति साउलोस चिलिमाकाे विमान दुर्घटनामा निधन भएकाे छ ।  उपराष्ट्रपति चिलिमा र अन्य नौजना सवार सेनाको विमान बेपत्ता भएको थियो । 

सोमबार बिहान राजधानी लिलोङ्वे स्थित विमानस्थलबाट उडेको केही बेरपछि मलावी डिफेन्स फोर्सको सो विमान सम्पर्कविहीन भएको थियो ।

बेपत्ता विमान भेटिएको र विमानमा सवार कोही पनि जीवित नभेटिएको प्रधानमन्त्री लाजारुस चक्वेराले जानकारी दिएका हुन् । चिलिमा सन् २०१४ देखि मालावीको उप–राष्ट्रपति थिए । 

५१ वर्षिय चिलिमा चार दिनअघि निधन भएका सरकारका पूर्वमन्त्री राल्फ कासाम्बाराको अन्त्येष्टिमा सहभागी हुन जाँदै थिए । सो विमानमा पूर्वफर्स्ट लेडी शानिल दिजिम्बिरी पनि सवार थिइन् । 

विमान सोमबार बिहान राजधानी लिलोङ्वेबाट उडेको थियो । मंगलबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री चक्वेराले उद्धार टोलीले विमान पूरै ध्वस्त अवस्थामा फेला पारेको बताए । 





  • प्रकाशित मिति : जेठ २९, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया