logo-img

मधेश प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, रोजगारी दिने योजनालाई प्राथमिकता (पूर्णपाठ)

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रममा रोजगार सिर्जना गरेर बेरोजगारलाई रोजगारी दिने योजनालाई प्राथमिकता दिएको छ ।

नीति तथा कार्यक्रममा रोजगार सिर्जना गर्नेसहितका सात योजना प्राथमिकतामा राखिएको छ । सरकारले प्रदेशभित्रका बेरोजगार युवालाई रोजगार वा स्वरोजगारका अवसर प्रदान गर्नका लागि मुख्यमन्त्री (सिएम) रोजगार कार्यक्रम सञ्चालन गर्ने घोषणा पनि गरेको छ ।

नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीमाथिको परनिरभरता न्यूनीकरणका लागि प्रदेशभित्र आर्थिक वस्तुगत–प्राविधिक अनुदानसहितको ‘स्टार्टअप सहयोग’ र ‘गरिखाने अभियान’ कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

यस्तै, वैदेशिक रोजगारबाट सीप सिकेर फर्केका जनशक्तिको रोस्टर निर्माण गरी श्रम बैंकको रुपमा परिचालन गर्दै सीपलाई रोजगारसँग जोड्ने सरकारको योजना छ ।

पूर्णपाठ





  • प्रकाशित मिति : जेठ २९, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया