logo-img

विश्वकप छनोट : अन्तिममा सम्हालिन नसक्दा यमनसँग बराबरीमा रोकियो नेपाल

नेपाल फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा यमनसँग बराबरीमा रोकिएको छ । साउदी अरबको प्रिन्स मोहमद विन फहद स्टेडियममा अन्तिम मिनेटमा सम्हालिन नसक्दा यमनविरुद्ध नेपाल २–२ को बराबरीमा रोकिएको हो । 

नेपालका लागि फरवार्डद्वय सञ्जीव विष्ट र जिलेस्पी जंग कार्कीले एक–एक गोल गरे । उनीहरूको यो गोल अन्तर्राष्ट्रिय करियरको पहिलो गोल हो ।​ नवौं मिनेटमा पेनाल्टीमार्फत नेपालले गोल खान पुगेको थियो । बक्सभित्र मनिष डाँगीले रमी अल–वासमानीमाथि फउल गरेपछि पाएको पेनाल्टीमा नसीम अल–गाहवाहीले गोल गर्दै यमनलाई अग्रता दिलाए । 

त्यसपछि नेपालका लागि २३औं मिनेटमा सञ्जीवले बराबरी गोल फर्काए । ​६६औं मिनेटमा नेपालले खेलमा अग्रता लियो । छिरिङ लामाले खेलेको क्रसमा सञ्जीवकै हेडर जिलेस्पीलाई लागेर गोलमा परिणत भयो । तर, इन्जुरी समयको पहिलो मिनेटमा यमनले मोहम्मद अल–दाहीको गोलमार्फत बराबरी गर्दै एक अंक लिन सफल भयो । 

नेपालले यस खेलअघि कुनै पनि गोल नगर्दा ५ खेलमा १८ गोल खान पुगेको थियो । तर, नेपालले अन्तिम खेलमा २ गोल गर्न सफल भयो । नेपालले समूहमा ६ खेलमा एक अंकसहित दोस्रो चरणको यात्राको अन्त्य गरेको छ । 





  • प्रकाशित मिति : जेठ ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया