logo-img

सामान्य अप्रेसन गर्नसमेत वर्षाैँसम्म कुर्नुपर्ने अवस्थाको सरकारले अन्त्य गरोस् : महेश बर्तौला

नेकपा एमालेका सांसद एवं प्रमुख सचेतक महेश कुमार बर्तौलाले नेपालीले सरकारी अस्पतालमा अपरेसनकै लागि ९ महिनासम्म कुर्नुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी भएको बताएका छन् । 

उनले सरकारी अस्पतालको क्षमता अभिवृद्धि गरी नागरिकमा सहज स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनुपर्नेमा जोड दिएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा सांसद बर्तौलाले केन्द्रीय मात्रै नभएर जिल्ला स्तरीय देशैभरिका अस्पतालहरूको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । 

उनले नागरिकले हर्नियाँ, क्यान्सर लगायतका रोगको उपचारका लागि सरकारी अस्पतालमा वर्षैसम्म पालो कुर्नुपर्ने विडम्बना रहेको उल्लेख गर्दै सरकारले  सम्बन्धित अस्पतालहरूको क्षमता अभिवृद्धि, जनशक्ति वृद्धिका लागि विशेष पहल गर्नुपर्ने बताए । 

उनले भने, ‘हाम्रा केन्द्रीय ठूला अस्पतालहरू जहाँ हर्नियाँ, पत्थरी जस्ता रोगको सामान्य अपरेसन गर्नुपर्‍यो भने पनि नौ महिनासम्म पालो कुर्नुपर्ने अवस्था छ । नागरिकले वीर, टिचिङ, मानव अंग प्रत्यारोपण, भक्तपुर क्यान्सर अस्पताल साना वा ठूला सबै प्रकृतिका रोगका अप्रेसनका लागि ९ महिनादेखि वर्षौँसम्म पालो कुर्न पर्ने अवस्था छ । सरकारले सम्बन्धित अस्पतालहरूको क्षमता अभिवृद्धिका लागि आवश्यक जनशक्ति व्यवस्थापनका लागि विशेष पहल गरोस् । यो काठमाडौं केन्द्रित अस्पतालको मात्र होइन देशैभरीका सरकारी अस्पतालको क्षमता अभिवृद्धि सरकारले गर्नुपर्छ ।’ 





  • प्रकाशित मिति : जेठ ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया