logo-img

थोराङ्ला भञ्ज्याङमा लेक लागेर पर्यटकको मृत्यु

मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा बुधबार लेक लागेर (अक्सिजन अभाव) एक नेपाली पर्यटकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा धादिङको गङ्गा जमुना गाउँपालिका–५ फुलखर्कका हरि अधिकारी रहेका छन् । अन्नपूर्ण पदमार्गअन्तर्गतको ५ हजार ४ सय १६ मिटर उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गर्नेक्रममा अधिकारीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए । 

पदयात्राका क्रममा थोराङ्ला भञ्ज्याङमा अधिकारीलाई लेक लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो । अधिकारीको शव हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ ।   





  • प्रकाशित मिति : जेठ ३१, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया