logo-img

मेमा चार प्रतिशतले घट्यो अस्ट्रेलियाको बेरोजगारी दर

मे महिनामा अस्ट्रेलियाको बेरोजगारी दर घटेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । अस्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) ले बिहीबार प्रकाशित गरेको श्रमशक्तिको तथ्याङ्कका अनुसार बेरोजगारी दर अप्रिलमा ४.१ प्रतिशतबाट मे मा ४.० प्रतिशतले घटेको छ । 

अस्ट्रेलियन एसोसिएटेड प्रेस (एएपी) ले यो गिरावट अर्थशास्त्रीहरूको अपेक्षाअनुरूप रहेको बताएको छ । एबीएसले अप्रिल र मेको बीचमा ४० हजार मानिसहरूको रोजगारी बढ्नुका साथै सोही अवधिमा नौ हजार मानिसहरूको बेरोजगारी घटेको बताएको छ ।

अप्रिलमा सामान्यभन्दा धेरै बेरोजगार मानिस काम सुरु गर्न चाहेकोमा मे महिनामा बेरोजगारीमा केही गिरावट र रोजगारीमा भएको वृद्धिले मानिसले जागिर सुरु गर्ने प्रतिबिम्बित गर्ने एबीएसका ब्योर्न जार्विसले एक विज्ञप्तिमा जनाउनुभयो । 

‘अहिले लगभग ६ लाख बेरोजगार व्यक्ति भएता पनि  महामारी अघि मार्च २०२० को तुलनामा अझै पनि १ लाख १० हजार कम व्यक्तिहरू छन्,’ उनले भने । 

रोजगारीमा वृद्धिका बाबजुद, अष्ट्रेलियालीले काम गर्ने घण्टाको सङ्ख्या अप्रिल र मेको बीचमा ०.५ प्रतिशतले घटेको छ । जार्विसले घण्टाको कमीले रोगको कारण कामबाट समय निकाल्ने मानिसको बढ्दो सङ्ख्यालाई प्रतिबिम्बित गरेको बताए । 

बिरामी भएका कारण थोरै समय काम गरेकोले सन् २०२३ मेको जस्तै लगभग ४.२ प्रतिशत नागरिकले काम गरेको र पूर्व–महामारीको औसत ३.५ प्रतिशतको तुलनामा सामान्य बढी भएको उनले बताए ।



सहभागिता दरले काम गर्ने उमेरको जनसङ्ख्याको अंश मापन गर्दछ । कार्यरत र सक्रियरूपमा काम खोज्ने सङ्ख्या ६६.८ प्रतिशतमा स्थिर रहेको छ ।  



  • प्रकाशित मिति : जेठ ३१, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया