logo-img

‘बाटो : रोड टु डेथ’ प्रिमियरपछि कसले के भने ?

शुक्रबारबाट रिलिज हुने नेपाली फिल्म ‘बाटो : रोड टु डेथ’को बुधवार साँझ ललितपुरको पुल्चोकस्थित लबिम मलमा प्रिमियर गरिएको छ । प्रिमियरमा फिल्मको टिम, सेलिब्रेटी, शुभचिन्तक, पत्रकार र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो ।

नेपाली, तमिल, तेलुगु र हिन्दी गरी चार भाषामा निर्माण भएको फिल्मका लेखक, सम्पादक तथा निर्देशक मदन थापाले प्रिमियरमा फिल्म हेर्ने सबैले प्रशंसा गरेको बताए । उनले नेपाली फिल्मको स्ट्याण्डर्डलाई अन्तर्राष्ट्रियस्तरको बनाउने आफ्नो चाहनालाई यो फिल्मले पुरा गर्ने बताए ।

अभिनेता सुलक्षण भारतीले फिल्ममा निर्देशकले एउटा नयाँ संसार निर्माण गरेको बताउँदै यस प्रकारको फिल्म नेपालमा यसअघि नबनेको दाबी गरे । अभिनेत्री रक्षा थापाले फिल्ममा धेरै भावना जोडिएको बताइन् । अभिनेत्री मिथिला शर्माले यस फिल्ममा आफूलाई अभिनयको लागि लिएकोमा निर्माता र निर्देशकलाई धन्यवाद दिइन् ।

प्रिमियरमा सहभागी अधिकांश फिल्मकर्मीले अहिलेसम्म नेपालमा बनेका फिल्ममध्ये बिलकुल फरक बनेको र यो फिल्मले दर्शकलाई एउटा बाटोमा डोर्‍याउन सफल रहने प्रतिक्रिया दिए । उनीहरूले फिल्मको प्राविधिक पक्षलाई विशेष मन पराएका थिए ।

फिल्मको प्रिमियर इभेन्टलाई राठी ग्रुपको एढेसिभ उत्पादन राठीकोलले ब्रान्डिङ पार्टनरको रूपमा प्रायोजन गरेको थियो । काठमाडौं फिल्म्सको ब्यानरमा बनेको फिल्मका निर्माता चन्दन झा हुन् । 



फिल्ममा साउथ फिल्मका छायाकार शरण ऋषिको छायाङ्कन छ । फिल्मका लाइन प्रोड्युसरहरू शंकर कार्की, प्रकाश हमाल र दिनेश प्रकाश महरा हुन् भने कार्यकारी निर्माताहरू रणधीरकुमार झा, अश्विनी घिमिरे, सदिक्षा महर्जन, नवीन अवाल, आकांक्षा बस्नेत र विशाखाविक्रम थापा हुन्। त्यस्तै, सह निर्माताहरू विक्रम चौधरी, आशिम मैनाली, टोनी हरजानी, शालिनी पोद्दार, नम्रता जीआर राउत र स्मृति झा हुन् ।

फिल्ममा मिथिला शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजय आनन्द ताम्राकार, आशान्त शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।  



  • प्रकाशित मिति : जेठ ३१, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया