logo-img

टिकटक खुलाउने सञ्चारमन्त्रीकाे संकेत : कानुनअनुसार चलाउन आपत्ति छैन

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाल समाजअनुकूल हुनेगरी प्रयोग गर्न आवश्यक रहेको बताएकी छिन्। बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपाली कानुनअनुसार समाजलाई मान्य हुनेगरी टिकटकलगायत कुनै पनि सामाजिक सञ्जाल चलाउँदा आपत्ति नहुने बताइन् । 

‘नेपालका कानुनहरु, नेपालको समाजको महत्व आफ्नै छ। यो सबैलाई मान्य हुनेगरी कुनै पनि सामाजिक सञ्जालहरु आउँछन् भने टिकटकलगायत कसैसँग पनि आपत्ति छैन,'उनले भनिन्, 'टिकटक नाममा हाम्रो कुनै समस्या होइन। टिकटकले जुन कन्टेन्ट दिन्थ्यो, त्यो स्वनियमनको व्यवस्था थिएन, सबैले स्वनियमनको व्यवस्था गर्नुपर्छ भनेर सोचेका हौँ।’

कानुनी रुपमा अहिले पनि टिकटक बन्द अवस्थामा रहेको बताउँदै उनले समाजमा अमर्यादित गतिविधिलाई महत्व दिनेगरी टिकटकमा सामग्री उत्पादन र प्रसारण भएकाले सरकारले नेपालमा टिकट बन्द गरेको बताइन् ।

सरकारले नेपाल टेलिकमलगायतका ठूला इन्टरनेट सेवा प्रदायकबाट अहिले पनि टिकटक चलाउन नदिइएको बताउँदै नियम कानुनको पालना गर्नेहरुले टिकटक चलाउन नहुने बताइन् । 

सामाजिक सञ्जालसम्बन्धी विधेयक मन्त्रालयबाट मन्त्रिपरिषद्‍मा पेस गरिएको जानकारी दिँदै उनले संसदीय समितिमा व्यापक छलफल हुने उनले विश्वास व्यक्त गरिन्। उनले सामाजिक सञ्जाल निर्देशिका, २०८० जारी भएको र अहिले सामाजिक सञ्जाल विधेयक संसदमा दर्ता गर्ने प्रक्रियामा रहेको बताइन्।





  • प्रकाशित मिति : जेठ ३१, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया