अमेरिकी खर्बपति व्यापारी एलन मस्कले सामाजिक सञ्जाल एक्स (ट्विटर)काे स्वामित्व लिएपछि विभिन्न फेरबदल गरिरहेका छन् । यसअघि चराकाे आकृति रहेकाेमा मस्कले लिएपछि त्यसलाइ 'एक्स' बनाइएकाे थियाे ।
मस्कले यो सामाजिक सञ्जालमा फेरि अर्को हेरफेर गर्न लागेका छन् । अब पोस्टमा युजरहरूले गरेको लाइकलाई ‘प्राइभेट’ बनाउन लागिएको हो । यो काम यही हप्तादेखि हुन सक्ने बताइएको छ ।
प्रयोगकर्ताका गोपनीयताका लागि लाइक सबैका लागि गोप्य राखिने एक्समा इन्जिनियरिङ नाममा जारी भएको पोस्टमा यसबारे जानकारी दिइएकाे छ । यो अपडेटपछि युजरहरू आफूले गरेको लाइक त देख्नेछन् तर बाँकी युजरले सो लाइक देख्न पाउने छैनन् ।
अहिलेसम्म भने एक्समा पोस्टमा क–कसले लाइक गरेको छ भनेर हेर्न मिल्थ्यो । अब युजरले पोस्टमा कतिवटा लाइक आएको रहेछ भनेर गन्न पनि सक्नेछन् । पोस्टका बाँकी जानकारी पनि लिन सक्नेछन् । तर, पोस्टमा क–कसले लाइक गरेको छ भनेर चाहिँ हेर्न पाइने छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।