logo-img

रुसी कूटनीतिज्ञको आवागमन रोक्न पत्राचार

युरोपेली सङ्घ (इयु) का आठ देशका विदेश मन्त्रीहरूले समूहको विदेश नीति प्रमुखलाई पत्राचार गर्दै सेन्जेन क्षेत्रमा रूसी कूटनीतिज्ञको आवागमन रोक्न आग्रह गरेका छन् ।  

उनीहरूले भिसा–मुक्त सेन्जेन क्षेत्रमा रूसी कूटनीतिक राहदानी धारकको स्वतन्त्र आवागमनले घातक गतिविधिलाई सुविधा दिएको दाबी गर्दै मस्कोले इयुभित्र विभाजन रोप्ने प्रयासहरू बढाइरहेको चिन्ता व्यक्त गरेका छन् ।

रुसी कूटनीतिक मिसनका सदस्य र उनीहरूका परिवारका सदस्यको आवागमनलाई उनीहरूको मान्यता प्राप्त राज्यको क्षेत्रमा मात्र प्रतिबन्धित गर्नुपर्ने विश्वास ती मन्त्रीले व्यक्त गरेका छन् । विदेश नीति प्रमुखलाई पठाएको पत्रमा चेक, डेनिस, डच, एस्टोनियन, लाटभियन, लिथुआनियाली, पोलिश र रोमानियाली मन्त्रीहरूले जुन ११ हस्ताक्षर गरेका हुन् ।

प्रस्तावित उपायले ‘रूसी ‘एजेन्ट’हरूका लागि आवागमन गर्ने ठाउँलाई सङ्कुचित गर्ने उनीहरूले जनाएका छन् । फेब्रअरी २०२२ मा युक्रेनमा रुसी आक्रमण सुरु भएदेखि युरोपेली सङ्घका देशहरूले आफ्नो भूमिमा रुसी कूटनीतिज्ञको सङ्ख्या उल्लेख्य रूपमा घटाएका छन् ।  





  • प्रकाशित मिति : जेठ ३१, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया