logo-img

टिकटक तत्काल खुला गर्न माग गर्दै सांसद साहको प्रश्न- प्रतिबन्धले के भयो उपलब्धि ?

सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन सांसदले माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम साहले अपराध र विकृति नियन्त्रण गर्न भनेर टिकटकमाथि लगाइएको प्रतिबन्धको औचित्य पुष्टि हुन नसेकेको भन्दै सरकारसँग निर्णय फिर्ता लिन माग गरे । 

‘गत कात्तिक २७ गतेसम्म प्रतिबन्ध अघि ९० लाखले टिकटक चलाइरहेका थिए भने अहिले भिपिएनबाट ५० लाखले चलाइरहेको अनौपचारिक तथ्याङ्क छ । टिकटकको विकल्पमा फेसबुक र इन्टामा रिल चलिरहेको छ । अपराध र विकृति फैलिएको भन्दै टिकटकमा लगाएको प्रतिबन्धले के भयो ?’ साहले प्रश्न गरे । 

सांसद साहले सरकारले लगाएको प्रतिबन्धको कारण दूरसञ्चार प्रदायक कम्पनीले डाटाबाट अरबौँ रुपैयाँ गुमाउनु परेको र टिकटकबाट साना व्यापारीले गरिरहेको व्यापार घट्दा ती व्यवसायीहरू मर्कामा परेका तथा विस्थापित भएको धारणा राखे । 

उनले अन्य सामाजिक सञ्जाल सञ्चालन गर्न दिने तर टिकटकलाई मात्र प्रतिबन्ध लगाउने विषय मान्य नहुने समेत बताए । सरकारले २०८० कात्तिक २७ बाट टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।  





  • प्रकाशित मिति : जेठ ३२, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया