logo-img

‘छबिसपाथिभेराले १० शिक्षक र कर्मचारीलाई तोकिएभन्दा बढी पारिश्रमिक रकम भुक्तानी दियो’
फाइल तस्बिर

बझाङको छबिसपाथिभेरा गाउँपालिकाले केही शिक्षक र कर्मचारीलाई तोकिएभन्दा बढी पारिश्रमिक दिएको पाइएको छ । महालेखापरीक्षक कार्यालयको २०८० को वार्षिक प्रतिवेदनअनुसार सो गाउँपालिकाले १० जना शिक्षक र कर्मचारीलाई तलबी प्रतिवेदनमा उल्लेख भएभन्दा बढी भुक्तानी दिएको पाइएको हो ।  

महालेखापरीक्षकको कार्यालयका अनुसार तलब बढी लिनेमा खडकराज भट्ट ( नि.मा.शि. द्वितीय), मानबहादुर कडायत (प्रा.शि द्वितीय), कलकबहादुर चलाउने (प्रा.शि द्वितीय), देउपाल जप्रेल (अधिकृत छैटौँ), कृष्णबहादुर सिंह (सहायक पाँचौं), भरत मोर (अधिकृत छैटौँ, ज्ञानकुमारी गिरी (अधिकृत छैटौँ), भीमा विष्ट (सहायक पाँचौं) र नवराज थापा (कास) रहेका छन् ।  

उनीहरूमध्ये शिक्षक मानबहादुर कडायत, कृष्णप्रसाद ओझा र अधिकृत ज्ञानकुमारी गिरीलाई गाउँपालिकाले ३२ हजार ८८७ रुपैयाँ बढी तलब दिएको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले उनीहरू १० जनाबाट २ लाख २९ हजार ८१९ रुपैयाँ असुल गर्न गाउँपालिकालाई निर्देशन दिएको छ । 


 





  • प्रकाशित मिति : जेठ ३२, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया