logo-img

फ्लोरक्रस गर्ने प्रदेशसभा सदस्य देवकोटा पदमुक्त

गण्डकी प्रदेशसभा सदस्य फणिन्द्र देवकोटा पदमुक्त भएका छन् । गण्डकी प्रदेशसभाको आजको बैठकमा सभामुख कृष्णप्रसाद धितालले देवकोटा पदमुक्त भएको सूचना प्रदेशसभामा जानकारी गराएका हुन् ।

नेपाल समाजवादी पार्टी (नेसपा) का देवकोटाले गोरखा २ (क)मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को चुनाव चिह्नबाट निर्वाचनमा भाग लिई प्रदेशसभा सदस्यमा विजयी भएका थिए ।

उनले माओवादी केन्द्र संसदीय दलको ह्वीप उल्लङ्घन गर्दै यही जेठ २८ गते प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । ह्वीप उल्लङ्घन गरेको भन्दै माओवादी केन्द्र उनलाई कारबाही गरी सभामुखलाई पत्र दिएको थियो । 

विश्वासको मत पाएको भोलिपल्ट नै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देवकोटालाई ऊर्जामन्त्री नियुक्त गरेका थिए । 





  • प्रकाशित मिति : जेठ ३२, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया