logo-img

छबिसपाथिभेरामा दरबन्दीबिनाको पदमा खेलकुद प्रशिक्षक, वर्षमा साढे ४ लाख पारिश्रमिक
फाइल तस्बिर

बझाङको छबिसपाथिभेरा गाउँपालिकाले दरबन्दीबिनाको पदमा खेलकुद प्रशिक्षक नियुक्त गरिएको पाइएको छ । सो पालिकाले खेलकुद प्रशिक्षकको रूपमा मंगल बोहरालाई प्रतिमहिना ३४ हजार ७३० रुपैयाँ पारिश्रमिक तोकेर करारमा राखिएको पाइएको हो ।  

महालेखा परीक्षकको कार्यालयका अनुसार बोहरालाई गाउँपालिका कार्यालयले वर्षभरीमा ४ लाख ५१ हजार ४९० रुपैयाँ पारिश्रमिक रकम भुक्तानी गरेको छ । स्थानीय तहमा खेलकुद प्रशिक्षकको दरबन्दी रहने व्यवस्था छैन । तर, छबिसपाथिभेराले भने करारमा खेलकुद प्रशिक्षक राखेको पाइएको हो । 

यस्तै, गाउँपालिकाले कार्यविधिबेगर नै अनुदान दिएको पनि पाइएको छ । महालेखापरीक्षक कार्यालयको वार्षिक प्रतिवेदनअनुसार पालिकाले कार्यविधिबिना नै आशाकुमारी थापा कठायतको ‘सागर चाउमिन उद्योगल’ लाई १ लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको पाइएको हो । 

यो पनि : ‘छबिसपाथिभेराले १० शिक्षक र कर्मचारीलाई तोकिएभन्दा बढी पारिश्रमिक रकम भुक्तानी दियो’





  • प्रकाशित मिति : जेठ ३२, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया