logo-img

दक्षिण अफ्रिकी स्टार रबाडा भन्छन्- ‘सन्दीप लामिछाने उत्कृष्ट स्पिनर हुन्’
फाइल तस्बिर

दक्षिण अफ्रिकाका चर्चित तीव्र गतिका बलर कागिसो रबाडाले नेपाललाई राम्रो प्रतिद्वन्द्वीको रूपमा हेरेको बताएका छन् । उनले टी–२० आईमा जुन कुनै टिमले पनि बलियो टोलीलाई हराउने सम्भावना भएकाले आफूहरूले नेपाललाई कमजोर टिमको रूपमा नहरेको बताएका हुन् । 

रबाडाले सन्दीप लामिछाने रहस्यमय तथा उत्कृष्ट स्पिनर भएको पनि बताए । ‘सन्दीप अनुमान गर्न नसकिने उत्कृष्ट स्पिनर हुन्, हामी कुनै टोलीलाई कमजोर ठान्ने छैनौँ,’ रबाडाले प्रि–म्याच कन्फ्रेन्समा भने ।  

अमेरिकाले भिसा नदिएका कारण सुरुआती दुई खेल गुमाएका सन्दीप शनिबारदेखि भने मैदान उत्रिने छन् । नेपाल र दक्षिण अफ्रिकाबीचको खेल शनिबार बिहान सवा  ५ बजेदेखि सेन्ट भिन्सेन्टको अर्नोस भेल ग्राउन्डमा सुरु हुनेछ ।

यी दुई टिम पहिलोपटक एकअर्काको सामना गर्न लागेका हुन् । नेपालले दक्षिण अफ्रिकासँग उमेर समूहको क्रिकेटमा भने प्रतिस्पर्धा गरिसकेको छ । यू–१९ विश्वकपमा नेपालले दुईपटक दक्षिण अफ्रिकालाई हराएको रेकर्ड पनि छ । 





  • प्रकाशित मिति : जेठ ३२, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया