logo-img

पहिलोपटक दक्षिण अफ्रिकासँग खेल्दै नेपाल, सुपर-८ सम्भावना जीवित राख्न जित्नैपर्ने दबाब
तस्बिर : क्यान

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकाको सामना गर्दैछ । यी दुई टिमबीचको खेल नेपाली समयअनसार शनिबार बिहान सवा ५ बजेदेखि सेन्ट भिन्सेन्टको अर्नोस भेल ग्राउन्डमा सुरु हुनेछ ।  

अर्नोस भेल ग्राउन्ड

नेपाल र दक्षिण अफ्रिका सिनियर क्रिकेटमा पहिलोपटक एकअर्काको सामना गर्न लागेका हुन् । नेपालले दक्षिण अफ्रिकासँग उमेर समूहको क्रिकेटमा भने प्रतिस्पर्धा गरिसकेको छ ।  

यू–१९ विश्वकपमा नेपालले दुईपटक दक्षिण अफ्रिकालाई हराएको रेकर्ड पनि छ । नेपाल अब सिनियर क्रिकेटमा पनि दक्षिण अफ्रिकालाई हराउँदै इतिहास रच्न चाहन्छ । यद्यपि उच्च लयमा रहेको दक्षिण अफ्रिकालाई हराउन सहज छैन । 

ऊ एक खेलअगावै सुपर आठमा पुगिसकेको छ । दक्षिण अफ्रिकाले जारी विश्वकपमा श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्सलाई हराइसकेको छ । अब ऊ नेपाललाई पनि हराउँदै अपराजित सुपर आठ चरण खेल्न चाहन्छ ।



नेपाल भने दक्षिण अफ्रिकालाई स्तब्ध पार्दै सुपर आठ सम्भावना जीवित राख्न चाहन्छ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटको हार बेहोर्‍यो । दोस्रो खेलमा वर्षाका कारण श्रीलंकासँग अंक बाँडेको नेपाल अहिले तालिकाको चौथो स्थानमा छ ।

यदि शनिबार जित निकाले नेपालको सुपर आठ सम्भावना कायमै रहनेछ छ, अन्यथा एक खेलअगावै नेपालअगावै सुपर आठ दौडबाट बाहिरिनेछ । नेपालले समूह चरणको अन्तिम तथा चौथो खेलमा सोमबार बंगलादेशसँग खेल्ने तालिका छ । समूह ‘डी’ बाट सुपर आठमा स्थान बनाउन बंगलादेश एक जितको पर्खाइमा छ ।



दक्षिण अफ्रिकाले नेपाललाई र श्रीलंकाले नेदरल्याण्ड्सलाई हराएमा पनि ऊ दोस्रो चरणमा पुग्नेछ । नेपाल र नेदरल्याण्ड्सलाई त्यो लक्ष्य हासिल गर्न अनिवार्य जितको आवश्यकता छ । 

यस्तै, श्रीलंकालाई हराए नेदरल्याण्ड्सले सुपर एटमा स्थान बनाउन अन्य टिमको नतिजामा पनि भर पुर्न पर्नेछ । यो समूहमा रहको सन् २०१४ को विश्वकप विजेता श्रीलंका एक खेलअगावै सुपर एट दौटबाट बाहिरिएको छ । 

  • प्रकाशित मिति : जेठ ३२, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया