logo-img

अमेरिका विश्वकपको सुपर–८ मा, पाकिस्तान एक खेलअगावै बाहिरियो

अमेरिका आइसिसी विश्वकप २०२४ को सुपर–८ मा पुगेको छ । शुक्रबार आयरल्याण्डसँगका खेलमा वर्षा बाधक बनेपछि अंक बाँड्दा अमेरिका सुपर–८ मा पुगेको हो ।

समूह ‘ए’ बाट अमेरिका चार खेलमा दुईमा जित र एकमा हारसहित ५ अंकका साथ दोस्रो स्थानमा छ । अमेरिकाले क्यानडालाई ७ विकेट र पाकिस्तानलाई सुपर ओभरमा हराएको थियो ।

पाकिस्तान भने एक खेलअगावै सुपर–८ दौडबाट बाहिरिएको छ । उसले तीन खेलमा दुईमा हार र एक खेलमा जित निकालेको छ । पाकिस्तानले अन्तिम खेलमा जित निकाले पनि उसको तीन अंक मात्र हुनेछ ।  

पाकिस्तानले अन्तिम खेलमा आइतबार आयरल्यान्डसँग खेल्नेछ । समूह ‘ए’ बाट अमेरिका र भारतले सुपर–८ मा स्थान बनाए ।   
 





  • प्रकाशित मिति : असार १, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया