logo-img

दक्षिण अफ्रिकाविरुद्ध दीपेन्द्रको सानदार बलिङ, लिए महत्वपूर्ण तीन विकेट
फाइल तस्बिर

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपाली टिमका प्रमुख स्पिनर सन्दीप लामिछाने कसिलो बलिङका बाबजुद विकेटविहीन बनेका छन् ।

उनले चार ओभरको स्पेलमा मात्र १८ रन दिए । सन्दीपले चार ओभरमा बाउन्ड्रीको रूपमा एक चौका मात्र दिए, त्यो पनि करण केसीले खराब फिल्डिङ गर्दा । यस्तै, सन्दीपले एक क्याचको मौका पनि दिएका थिए । तर, त्यसमा सोमपाल कामी चुके ।

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई पाँचौं सफलता मिलेको छ । नेपाललाई पाँचौं सफलता पनि अलराउन्डर दीपेन्द्र सिंह ऐरीले दिलाए । उनले १७.३ ओभरमा आक्रामक ब्याटर डेविड मिलरलाई सात रनमा क्याच आउट गराए । 

दीपेन्द्रले नेपाललाई चौथो सफलता पनि दिलाएका थिए । उनले १५.३ ओभरमा ओपनर रीजा हेन्ड्रिक्सलाई ४३ रनमा क्याच आउट गराए । 

नेपाललाई तेस्रो सफलता पार्टटाइम स्पिनर कुशल भुर्तेलले दिलाए । उनले १३.२ ओभरमा आक्रामक ब्याटर हेनरिक क्लासेनलाई तीन रनमा करण केसीको हातबाट क्याच आउट गराए । यस्तै, उनले नै ११.२ ओभरमा कप्तान एडन मार्कमलाई १५ रनमा बोल्ड गरे । 

नेपालले पहिलो विकेट ३.४ ओभरमा लिएको थियो । नेपाललाई पहिलो सफलता अलराउन्डर दीपेन्द्र सिंह ऐरीले दिलाए । उनले आक्रामक ब्याटर क्विन्टन डिककलाई १० रनमा पवेलियन फर्काए ।   



नेपाल–दक्षिण अफ्रिकाबीचको खेल सेन्ट भिन्सेन्टको अर्नोस भेल ग्राउन्डमा भइरहेको हो ।  नेपाल र दक्षिण अफ्रिका सिनियर क्रिकेटमा पहिलोपटक एकअर्काको सामना गर्न लागेका हुन् । नेपालले दक्षिण अफ्रिकासँग उमेर समूहको क्रिकेटमा भने प्रतिस्पर्धा गरिसकेको छ ।  

यू–१९ विश्वकपमा नेपालले दुईपटक दक्षिण अफ्रिकालाई हराएको रेकर्ड पनि छ । नेपाल अब सिनियर क्रिकेटमा पनि दक्षिण अफ्रिकालाई हराउँदै इतिहास रच्न चाहन्छ । यद्यपि उच्च लयमा रहेको दक्षिण अफ्रिकालाई हराउन सहज छैन । 



ऊ एक खेलअगावै सुपर आठमा पुगिसकेको छ । दक्षिण अफ्रिकाले जारी विश्वकपमा श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्सलाई हराइसकेको छ । अब ऊ नेपाललाई पनि हराउँदै अपराजित सुपर आठ चरण खेल्न चाहन्छ ।  

नेपाल भने दक्षिण अफ्रिकालाई स्तब्ध पार्दै सुपर आठ सम्भावना जीवित राख्न चाहन्छ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटको हार बेहोर्‍याे । दोस्रो खेलमा वर्षाका कारण श्रीलंकासँग अंक बाँडेको नेपाल अहिले तालिकाको चौथो स्थानमा छ ।
 

  • प्रकाशित मिति : असार १, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया