logo-img

दक्षिण अफ्रिकाविरुद्ध नेपालले एकै ओभरमा गुमायो दुई विकेट
फाइल तस्बिर

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले दिएको १ सय १६ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटको रूपमा कप्तान रोहितकुमार पौडेललाई गुमाएको हो ।

उनी ७.४ ओभरमा शून्यमै बोल्ड भए । नेपालले पहिलो विकेट ७.२ ओभरमा गुमायो । नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमाएको हो । 

उनी पनि तबरेज शम्सीको बलमा १३ रनमा बोल्ड भए । त्यसअघि सेन्ट भिन्सेन्टको अर्नोस भेल ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनायो ।

उसका लागि ओपनिङ ब्याटर रीजा हेन्ड्रिक्सले ४९ बलमा एक छक्का र पाँचौं चौकासहित सर्वाधिक ४३ रन बनाए । यस्तै, ट्रिस्टन स्टब्सले अविजित २७, कप्तान एडन मार्कमले १५ र क्विन्टन डिककले १० रन जोडे । नेपालका लागि अलराउन्डर कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गरे । 

भुर्तेलले ४ ओभरमा १९ रन दिएर महत्वपूर्ण चार विकेट लिए । उनले कप्तान एडन मार्कम, हेनरिक क्लासेन, मार्को यान्सन र कागिसो रबाडाको विकेट लिएका हुन् । यस्तै, दीपेन्द्रले ४ ओभरमा २१ रन दिएर महत्वपूर्ण तीन विकेट लिए । उनले कप्तान एडन मार्कम, रीजा हेन्ड्रिक्स र डेविड मिलरको विकेट हात पारेका हुन् । 

नेपाल र दक्षिण अफ्रिका सिनियर क्रिकेटमा पहिलोपटक एकअर्काको सामना गरिरहेका हुन् । नेपालले दक्षिण अफ्रिकासँग उमेर समूहको क्रिकेटमा भने प्रतिस्पर्धा गरिसकेको छ ।  



यू–१९ विश्वकपमा नेपालले दुईपटक दक्षिण अफ्रिकालाई हराएको रेकर्ड पनि छ । नेपाल अब सिनियर क्रिकेटमा पनि दक्षिण अफ्रिकालाई हराउँदै इतिहास रच्न चाहन्छ । यद्यपि उच्च लयमा रहेको दक्षिण अफ्रिकालाई हराउन सहज छैन । 

ऊ एक खेलअगावै सुपर आठमा पुगिसकेको छ । दक्षिण अफ्रिकाले जारी विश्वकपमा श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्सलाई हराइसकेको छ । अब ऊ नेपाललाई पनि हराउँदै अपराजित सुपर आठ चरण खेल्न चाहन्छ ।   



नेपाल भने दक्षिण अफ्रिकालाई स्तब्ध पार्दै सुपर आठ सम्भावना जीवित राख्न चाहन्छ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटको हार बेहो¥यो । दोस्रो खेलमा वर्षाका कारण श्रीलंकासँग अंक बाँडेको नेपाल अहिले तालिकाको चौथो स्थानमा छ ।
 

  • प्रकाशित मिति : असार १, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया