logo-img

युरोकपमा स्कटल्याण्डविरुद्ध जर्मनीको सानदार जित

१७औँ संस्करणको युइएफए युरोप २०२४ अन्तर्गत उद्घाटन खेलमा आयोजक राष्ट्र जर्मनीले स्कटल्याण्डविरुद्ध सहज जित हासिल गरेको छ । जर्मनीको म्युनिखस्थित एलिएन्ज एरेना रंगशालामा सम्पन्न खेलमा घरेलु टोलीले स्कटल्याण्डविरुद्ध ५–१ को सहज जित निकालेको हो ।  

जर्मनीका लागि फ्लोरियन विर्ट्जले खेलको दसौँ मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाए । १९औं मिनेटमा जमल मुसियालाको गोलमा जर्मनीले अग्रता दोब्बर बनायो । 

पहिलो हाफको अतिरिक्त समयमा प्राप्त पेनाल्टीलाई काई हावर्ट्ज गोलमा परिणत गर्दै जर्मनीलाई पहिलो हाफमै ३–० को आरामदायी अग्रता दिलाए । त्यसअघि खेलको २५औँ मिनेटमा जमललाई स्कटल्यान्डका खेलाडीले फल गरेका थिए । म्याच रेफ्रीले उक्त फललाई पेनाल्टीको अवसर दिएका थिए । तर, भिडियो सहायक रेफ्ररी (भिएआर)को सायतामार्फ उक्त पेनाल्टीले मान्यता पाएन । 

४४औँ मिनेटमा स्कटल्यान्ड १० खेलाडीमा समेटिएको छ । उसका रायन पोर्टियसले रातो कार्ड बेहोरे  । पहिलो हाफमा ३–० को अग्रता बनाएको जर्मनीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो ।

६८औं मिनेटमा निक्लास फुइलक्रगले गोल गरेपछि खेलमा जर्मनी ४–० ले अघि बढ्यो । ८७औं मिनेटमा स्कटल्यान्डले उपहार गोल पायो । जर्मनी एन्टोनियो रुडिगरले आफ्नै पोस्टमा गोल गरे । स्कटल्यान्डका लागि रुडिगरले गरेको उक्त गोल सान्त्वना बन्यो । 

अतिरिक्त समयको तेस्रो मिनेटमा एमरे क्यानको गोलमा जर्मनी ५–१ ले विजयी भयो । त्यसपछि बाँकी समय थप गोल नहुँदा जर्मनी ५–१ ले विजयी भयो । जितसँगै समूह ‘ए’ मा रहेको आयोजक जर्मनी तीन अंक जोड्दै प्रतियोगिता सुखद सुरुआत गरेको छ ।



यता, स्कटल्याण्डले भने पराजयबाट प्रतियोगिताको सुरुआत गरेको छ । जर्मनी अब आफ्नो दोस्रो खेलमा जुन १९ मा हंगेरीविरुद्ध खेल्नेछ भने स्कटल्याण्डले २० जुनमा स्विट्जरल्यान्डको सामना गर्नेछ । 



  • प्रकाशित मिति : असार १, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया