logo-img

गगन थापा भन्छन्- प्रदेश अदालतले चलाउन थाल्यो, सुधार गर्न सांसदको संख्या घटाऔँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघ र प्रदेशको सदस्य संख्या घटाउनुपर्ने बताएका छन् । 

प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्रदेश खारेज गरौं भनेर सडक प्रदर्शन गर्नुको तुक नरहेको बताउँदै संविधान नै संशोधन गरेर संघ र प्रदेशका सांसदहरूको संख्या घटाउनुपर्ने बताए । कम खर्चमा संसद र सरकार चलाउन आवश्यक रहेको थापाको भनाइ छ । 

उनले भने, ‘प्रदेशको निर्वाचन प्रणाली बदल्नुपर्छ । प्रदेश अहिले अदालतले चलाएको छ । मुख्यमन्त्री अदालतमा भेटिन थालेका छन् ।  सबै लगेर अदालतमा बुझाएका छन् । अब कसैलाई दोष दिए हुँदैन । प्रदेशको सन्दर्भमा कतिपय कुरा संविधानमा मिलेनछन्, त्यसो भए के गरौं ? संशोधन गरौं ।  त्यो गर्न एमालेसँग सल्लाह गरौं ।’ 





  • प्रकाशित मिति : असार १, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया