logo-img

कोशी प्रदेशले ल्यायो चालू आर्थिक वर्षको भन्दा एक अर्ब कमको बजेट (पूर्णपाठ)

कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षको भन्दा एक अर्ब कमको बजेट ल्याएको छ । कोशी सरकारले आर्थिक वर्ष २०८१–०८२ को लागि ३५ अर्ब २७ करोड ८५ लाख बजेट ल्याएको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी वर्षका लागि आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका हुन् । 

उनले चालूतर्फ १४ अर्ब ४७ करोड ३० लाख र पुँजीगततर्फ १६ अर्ब २० करोड र वित्तीय व्यवस्थातर्फ ४ अर्ब ५८ करोडको बजेट विनियोजन गरेको जानकारी दिए ।

मन्त्री मगरका अनुसार बजेटको स्रोततर्फ आन्तरिक आम्दानी ४ अर्ब ९८ करोड अनुमान गरिएको छ भने बाँकी रकम संघीय सरकारको अनुदान हो । 

बहुवर्षीय तथा नयाँ भौतिक पूर्वाधार विकासका लागि सरकारले १० अर्ब ५१ करोड, भूमिगत सिँचाइका लागि २० करोड, विद्युतीय चार्जिङ स्टेसनका लागि ३ करोड र एक घर एक धाराको योजनाका लागि एक अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ ।

प्रदेशका सबै अस्पतालबाट विशेषज्ञ सेवा दिन ६ करोड रुपैयाँ विनियोजन भएको उनले जानकारी दिए । स्वास्थ्य क्षेत्रमा सरकारले ३ अर्ब ५८ करोड र सामाजिक क्षेत्रको विकासका लागि १ अर्ब ९८ करोड बजेट विनियोजन गरेको छ ।





  • प्रकाशित मिति : असार १, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया