logo-img

सरकारबाट बिदा हुन लागेका परराष्ट्रमन्त्रीसँग चिनियाँ टोलीको भेट

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपाल भ्रमणमा रहेका चिनियाँ जन–राजनीतिक परामर्शदात्री सभा (सिपिपिसिसिी) का राष्ट्रिय कमिटी उपाध्यक्ष बेटर नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ। 

चिनियाँ जनराजनीतिक परामर्शदातृ राष्ट्रिय सभा नेपालको नेपालको राष्ट्रिय सभाजस्तै हो। मन्त्री श्रेष्ठ केही दिनमै सरकारबाट बाहिरिने चर्चा छ । सरकारबाट बाहिरिनुअघि उनले चिनियाँटोलीसँग भेटवार्ता गरेका हुन् । सिंहरबारस्थित परराष्ट्र मन्त्रालयमा शनिबार दिउँसो उनीहरुबीच भेटवार्ता भएको हो। 

भेटवार्ताका क्रममा उनीहरुबीच द्विपक्षीय सम्बन्ध, आर्थिक तथा विकास सहकार्य र जन सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बेटर नेतृत्वको प्रतिनिधिमण्डल बिहीबार नेपाल आएको थियो। 
अर्थशास्त्रमा स्नातकोत्तर गरेका बेटर चिनियाँ कम्युनिष्ट पार्टीको २० औं केन्द्रीय समिति सदस्य समेत हुन्। टोलीले शुक्रबार कार्यबाहक उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग भेटघाट गरेको थियो। 

यादवसँगको भेटमा चिनियाँ टोलीले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सबल र सुदृढ बनाउने पक्षमा चीन रहेको बताएका थिए।





  • प्रकाशित मिति : असार १, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया