logo-img

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३१ अर्ब ६२ करोडको बजेट (पूर्णपाठ)

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३१ अर्ब ९८ लाखको बजेट सार्वजनिक गरेको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले बजेट प्रस्तुत गरे । 

आगामी आर्थिक वर्ष २०८१–८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँको बजेट प्रस्तुत गरिएको छ । कुल बजेटमध्ये चालूतर्फ ११ अर्ब ७ करोड ६३ लाख १९ हजार र पुँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार विनियोजन गरिएको उनले जानकारी दिए ।

त्यस्तै, अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९२ करोड ७० लाख १० हजार छुट्याइएको उनले बताए । विनियोजन गरिएको बजेटको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक राजश्व परिचालनबाट एक अर्ब ६० लाख, नेपाल सरकारको राजश्व बाँडफाँटतर्फ ९ अर्ब ९९ करोड, संघीय रोयल्टी बाँडफाँटबाट चार करोड ४० लाख, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान आठ अर्ब ७२ करोड रहेको मन्त्री पालले जानकारी दिए । 

बजेटमा प्रदेश सरकारले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास, जलविद्युत लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको मन्त्री पालले जानकारी दिए ।

त्यस्तै उनले चालू वर्षको बजेटबाट वचत हुने ६ अर्ब १५ करोड, ससर्त अनुदानतर्फ तीन अर्ब १३ करोड, संघीय समपुरक अनुदान एक अर्ब ४२ करोड र विशेष अनुदान ५५ करोड प्राप्त हुने अनुमान गरिएको बताए ।





  • प्रकाशित मिति : असार १, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया